बारम्बार सोधिने प्रश्नहरु

कोषको उद्देश्यहरु

हाम्रो चुनौति भनेको हामीले नयाँ क्रियाकलापहरुको विकास गर्नु भन्दा पनि हामीले सामना गरिरहेको आर्थिक दवावमा हामीले हाम्रो प्रतिवेदनलाई निरन्तरता दिनसक्छौं भन्‍ने निश्‍चित गर्नु सँग सम्बन्धित छ। के हामीले चालु क्रियाकलापहरुको निरन्तरता दिन कोषको लागि आवेदन दिन सक्छौ?

सक्नुहुन्छ। तपाई निवेदन दिनको लागि योग्य हुनुहुनेछ यदि तपाईको अनुदान आवेदनले चलिरहेको क्रियाकलापलहरुलाई समर्थन गर्छ भने (यदि यी क्रियाकलापहरु यो खुला आवह्‍वानको उद्देश्यहरुसित सामेल हुन्छन् भने)।


के हाम्रो निवेदनले प्रस्तावको आवह्‍वानले निर्धारण गरेका सम्पूर्ण क्रियाकलापहरु समावेश गर्नु आवश्यक छ?

छैन। यो केषको लागि उद्देश्यहरु अन्तर्गत वर्णन गरिएका सबै उदाहरणहरुलाई सम्बोधन गर्नु जरुरी छैन।


हामी मिडिया संगठनहरुलाई सेवाहरु (वा विषयवस्तु, वा तथ्य परीक्षण सेवाहरु, वा प्राविधिक समाधानहरु) पूर्ति गर्दछौं, तर हामी सर्वसाधरण जनताको लागि सूचनाहरु सार्वजनिक गर्दैनौ। के हामी अझै यो राउण्डमा कोषको लागि आवेदन दिन सक्छौं?

सक्नुहुन्‍न। यो कोष आवह्‍वानमा निवेदकहरु मिडिया संगठनहरुमा मात्र सीमित गरिएको छ जसले सर्वसाधारण जनताको लागि सूचनाहरु सार्वजनिक गर्दछ। भविष्य कोष आवह्‍वानहरुले ती संगठनहरुलाई समावेश गर्ने सम्भावना छ जसले मिडिया संगठनहरुलाई सेवा प्रदान गर्दछन्।

भौगोलिक क्षेत्र

के अनुदान आवेदनले एक भन्दा धेरै देशलाई समेट्न सक्छ?

हामीले अनुदान आवेदनले एक भन्दा धेरै समेट्ने अपेक्षा गर्दैनौ, तर यदि तिनीहरुले गर्छन् भने सबै देशहरु भौगोलिक क्षेत्रभित्र हुनै पर्दछ।


भौगोलिक क्षेत्रमा सूचिकृत गरिएका सबै देशहरुमा अनुदान प्रदान गरिनेछ?

जरुरी छैन। यो प्रथम आवह्‍वानको लागि कोषको सीमित रकममात्र उपलब्ध छ। हामी भौगोलिक क्षेत्र अन्तर्गत सूचिकृत देशहरुमा राम्रो दायराको लागि अनुदानको पोर्टफोलियोको अपेक्षा गर्दछौं, तर यो प्रथम आवह्‍वानमा अनुदानको लागि छनौट नहुने केही देशहरु पनि हुन सक्छन्।


के भौगोलिक क्षेत्र अन्तर्गत सूचिकृत देशहरुमा निर्वासित मिडिया/डायसपोरालाई अनुदान उपलब्ध छ?

यो निर्भर गर्छ। अनुदानहरु व्यक्तिहरुलाई उपलब्ध छैन, तिनीहरु मिडिया संगठनका लागि मात्र उपलब्ध छन्। यदि कोषको लागि आवेदन दिने वैधानिक अंग सार्वजनिक सरोकार मिडिया उपलब्ध गराइने देश भन्दा फरक देशमा दर्ता भएको छ भने अनुदान उपलब्ध हुन सक्छ। यो एक एक घटनाको आधारमा मूल्याङ्कन गरिनेछ।

अनुदानको आकार र योग्यता

के न्यूनतम् अनुदान आकार छ?

छैन। यो कोष आवह्‍वानको लागि कुनै न्यूनतम् अनुदान निश्‍चित गरिएको छैन, तर एउटा मापदण्ड तोकिएको छ कि आवेदकहरुको $50,000 को न्यूनतम् बार्षिक आम्दानी हुनु पर्दछ। हामी अपेक्षा गर्छौं की धेरै आवेदकहरुको $50,000 भन्दा बढी बार्षिक राम्रो आम्दानी हुनेछ।


यो निर्देशनले चालु बार्षिक बजेटको अनुदान 10%-30% को दायरा भित्र हने अपेक्षा गर्दछ भन्‍ने निश्‍चित गर्दछ। यदि हाम्रो आवेदन हाम्रो चालु बजेटको 10% भन्दा कम वा 30% भन्दा बढीको लागि हो भने के यो योग्य मानिने छ?

सक्नुहुन्छ। यो दायरा सूचित गर्न सकिन्छ। न्यून र उच्च प्रतिशतको लागि दिइएको निवेदनलाई हामी विचार गर्नेछौं। 30% भन्दा माथिको अनुदान प्रतिशतको लागि आवेदकलाई कसरी तिनीहरुले एकल कोषकर्तामा निर्भरताको जोखिमलाई कम गर्ने योजना बनाएका छन् भन्‍ने स्पष्‍ट पार्ने अपेक्षा गरिने छ।


हाम्रो संगठनले सेवाहरुको एउटा बृहत्त सेटको एक भागको रुपमा सार्वजनिक सरोकार मिडिया सेवा प्रदान गर्दछ। के हामी अझै कोषको लागि आवेदन दिन सक्छौं?

सक्नुहुन्छ। तर अनुदान सार्वजनिक सरोकार प्रतिवेदनको उत्पादनमा सहयोग गर्न प्रयोग गरिनु पर्दछ र अन्य क्रियाकलापहरुमा कोष प्रदान गर्न होइन।


कृपया के तपाईले अनुदान रकम र चालु बजेट बीचको अपेक्षित सम्बन्धको उदाहरण प्रदान गर्न सक्नुहुन्छ। 

चरण 1 तपाईको लागि प्रति बर्ष अनुदानको रकममा काम गर्नुहोस् जुन तपाईले खोजेको हो। त्यसैले यदि तपाईको अनुदान 2 बर्ष भन्दा बढी हो भने तपाईले तपाईको अनुदान रकम दुई भागमा बाड्नुहोस्। चरण 2 मा त्यसपछि यो औषत बार्षिक अनुदान रकमलाई तपाईको चालु बजेटसँग तुलना गर्नुहोस्।

अपेक्षा भनेको तपाईको बार्षिक अनुदान अनुरोध तपाईको चालु बजेटको 10%-30% को दायरमा हुनेछ।

अभ्यासको उदाहरणः

अनुदानको अनुरोधः $150,000

अनुदान अवधिः 2 बर्ष

चालु बजेटः $300,000

चरण 1: औषत बार्षिक अनुदानको हिसाब गर्नुहोस्

$150,000/2 बर्ष = $75,000 प्रति बर्ष

चरण 2: चालु बजेटसँग तुलना गर्नुहोस्

$75,000 प्रति बर्ष अनुदान/$300,000 चालु बजेट = 25%

यो अपेक्षित दायरा (10%-30%) भित्र छ।


Are national funds eligible for IFPIM funding?

Not through this initial call, but yes, we would love to hear from you to explore future IFPIM funding for national funds.

आवेदन र छनौट प्रक्रिया

के मेरो अवधारणा पत्र IFPIM समूहको सदस्यसँग छलफल गर्न सक्छु?

यो चरणमा पाइदैन। यदि तपाईको जिज्ञासा यहाँ सम्बोधन भएको छैन भने कृपया May 20th अगाडि नै तपाईको प्रश्‍न opencall@ifpim.org मा पठाउनुहोस् र तपाईको इमेलको विषयवस्तुको शिर्षक  ‘कोष आवह्‍वान 1 सम्बन्धी प्रश्‍न’ राख्‍नुहोस्। कृपया ध्यान दिनुहोस् हामी आवेदन प्रक्रिया अवधिभर व्यक्तिगत इमेलहरुलाई जवाफ दिने छैनौ तर ‘बारम्बार सोधिने प्रश्‍नहरु’ भने अद्यावधिक गर्ने छौं।


मेरो अवधारणा पत्र कुन भाषामा पठाउनु पर्ने हुन्छ?

यदि तपाई आफ्नो अवधारणा पत्र English मा पठाउन सहज हुनुहुन्छ भने कृपया त्यस्तै गर्नुहोस्। अन्यथा अवधारणा पत्र फारम अनुवाद गरिएको भाषाहरु मध्ये कुनै एकमा तपाई पठाउन सक्नु हुन्छ।


कुन संगठनललाई कोष प्रदान गरिन्छ भनेर कसले निर्णय गर्दछ? यी निर्णयहरुलाई तपाईका दाताहरुले कसरी प्रभाव पार्दछन्?

IFPIM एउटा स्वतन्त्र कोष हो। कोष प्रदान गर्ने निर्णय IFPIM को व्यवस्थापन समूहले गर्दछ। दाताहरुले कोषसम्बन्धी निर्णयलाई प्रभावित गर्न सक्दैनन्।


कोष कहिले वितरण गरिन्छ? के मैले अनुदान अर्को बर्षको वा यो बर्षको मेरो बजेटमा समावेश गर्नु पर्छ?

कोष अनुदान सम्झौतामा हस्ताक्षर भए लगत्तै वितरण गरिने छ, तर यो क्षेत्राधिकारमा निर्भर हुन सक्छ।


यदि हाम्रो संगठन कोषको प्रथम आवह्‍वानमा छनौट हुँदैन भने के हामीले भविष्य कोष आवह्‍वानहरुमा आवेदन गर्न सक्छौं?

सक्नुहुन्छ। यो प्रारम्भिक आवह्‍वानमा तपाई कोषको लागि आवेदन दिनुहोस् वा नदिनुहोस्, तपाई भविष्य आवह्‍वानहरुमा आवेदन दिन सक्नुहुनेछ यदि तपाईले त्यस्तो आवह्‍वानका मापदण्डहरु पुरा गर्नुहुन्छ भने।


के IFPIM ले मेरो संगठनलाई दिएको अनुदान सार्वजनिक गर्ने छ?

साधारण नियमको रुपमा हामीले अनुदान पाउनेहरुको हाम्रो सूची प्रकाश गर्ने छौं। यदि यसले तपाईको संगठनलाई जोखिम (सुरक्षा, राजनीतिक…) सृजना गर्छ भने हामी तपाईसँग छलफल गर्ने छौं र अनुदान सूचना सार्वजनिक नगर्ने निर्णय गर्न सक्छौं।


यदि मेरो संगठनले यो आवह्‍वानको समयसीमा पुरा गर्न सकेन भने के हुन्छ? 

यो IFPIM को प्रथम आवह्‍वान मात्र हो। यदि तपाई भविष्यमा आवेदन गर्न इच्छुक हुनुहुन्छ भने हामीलाई तपाईको विवरणहरु opencall@ifpim.org मा पठाउनुहोस्।

The International Fund for Public Interest Media is an independent fund made possible by the generous financial support of: